जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १२:३१

आईपीएलमा आज दुई खेल, पहिलो खेल दिउँसो ३ः४५ मा सुरु


काठमाडौं, कात्तिक ८

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली चौथो स्थानमा रहेको कोलकातालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । यस खेलमा दिल्लीले कोलकातालाई पराजित गरे दिल्ली प्लेअफमा पुग्ने सम्भावना लगभग पक्काजस्तै हुनेछ ।

तर, त्यसका लागि केही अंक गणितीय तथ्याङ्‍क मात्र बाँकी रहनेछ । दिल्लीले कोलकातालाई पराजित गरे ११ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिनेछ । यता कोलकाताले दिल्लीलाई पराजित कोलकाता चौथो टोलीका रुपमा प्लेअफमा पुग्ने सम्भावना अझै बलियो हुनेछ । कोलकाताको हाल १० खेलबाट १० अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । त्यस्तै आजै हुने अर्को खेलमा किंग्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबादबीच हुँदैछ । खेल नेपाली समयअनुसार राति ७स्४५ बजे सुरु हुनेछ ।

आजको खेलमा पन्जाब र हैदराबादका लागि जित्नै पर्ने दबाब छ । प्लेअफमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोली गर या मरको अवस्थामा छन् । समान १० खेल खेलेको हैदराबाद र पन्जाबको समान ८ अंक छ ।  समान अंक भए पनि हैदराबाद रन रेटका आधारमा पन्जाबभन्दा एक स्थान माथि छ । त्यसैले पनि यो खेल दुवै टोलीको जितका लागि निकै नै आवश्‍यक छ । आजको खेल जित्ने टोलीको प्लेअफ सम्भावना जीवित रहनेछ भने पराजित टोलीको सम्भावना करिब सकिनेछ । तर, गणितीय झिनो सम्भावना भने जीवित रहनेछ ।