जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १३:१४

विराटनगर नोबेल मेडिकल कलेजमा २ संक्रमितको मृत्यु


विराटनगर, कात्तिक ८

विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान सुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका–९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका–२ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका ३८ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना हुनुभएको थियो ।उहाँलाई सोही दिन कोरोना पोजेटिभ देखिएको र निमोनियाको समस्या पनि देखिएको थियो । त्यस्तै इलामको महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो ।

उहाँलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उहाँको पनि आज विहान मृत्यु भएको हो । यसअघि शुक्रबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने संक्रमित बालिकाको मृत्यु भएको थियो ।