जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १६:२३

काठमाडौं उपत्यकामा १११० सहित २४ घण्टामा देशभर थपिए २२२५ संक्रमित


काठमाडौं, कात्तिक ८

पछिल्लो २४ घण्टामा देशभर २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेटमा पछिल्लो २४ घण्टामा देशभर २२२५ जना संक्रमित थपिएको हो । त्यस्तै काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ । संक्रमितमध्ये १ लाख ८३ हजार ३३४ जना निको भएका छन् ।  पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १३ लाख ८० हजार ८६२ जनाको पिसिआर परीक्षण गरिएकोछ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २८४६ जना कोरोना निको हुनुभएको छ। हाल कोरोना संक्रमित होम आइसोलेसनमा ३२ हजार ८७३ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ३ हजार ३२२ रहेको छ ।