जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १६:२५

कोरोनाबाट ८४२ जनाको गयो ज्यान, शनिबार मात्रै १३ को मृत्यु


काठमाडौं, कात्तिक ८

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १३ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । अहिले देशभर आइसीयूमा ३०७ र भेन्टीलेटरमा ७० जना उपचाररत छन् ।