जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार २०:०८

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटका विषयमा मुख्यमन्त्री पोखरेलले खोल्नु भयो यर्थाथता


काठमाडौं, कात्तिक ८

प्रदेश–५ का मुख्यमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर ‘रअ’ प्रमुख नेपाल आएको रहस्य खोल्नु भएको छ । उहाले मोदीको सन्देश लिएर आएका सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको बताउदै यसबाट सुखद परिणाम आउने कामना गर्न भन्नुभएको छ ।

गोयलसँग भएको भेटका विषयमा विभिन्न टिकाटिप्पणी भईरहेका बेला उहाले सामाजिक सञ्जालबाट सन्देश दिदै आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह समेत गर्नुभएको छ । नेकपाका प्रभावशाली नेता समेत रहनु भएका मुख्यमन्त्री पोखरेलले भेटलाई लिएर प्रधानमन्त्री ओलीको विरोधको योजना वा नियती भन्दै बुझ्न गाह्रो भएको उल्लेख गर्नुभएको छ ।

उहाले भन्नुभएको छ, ‘भारतिय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा ‘र’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियती ! वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौ । नेपाल र भारत विचको सिमा समस्याको परिणाम सुखद होस् कामना गरौ ।’