जनता टाइम्स

९ कार्तिक २०७७, आईतवार १६:१९

नवमीका दिन संक्रमित भन्दा निको हुने संख्या उच्च


काठमाडौं, कात्तिक ९

आइतवार कोरोना संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढेको छ । शनिवार पनि संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढि थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतवार २ हजार ८ सय ५६ संक्रमित थपिएका हुन् ।
१२ हजार ३ सय ११ परीक्षण हुँदा १ हजार ७ सय ८९ पुरुष र १ हजार ६७ महिलामा संक्रमण देखिएको हो ।

आइतवार नै कोरोना जितेर ३ हजार ३ सय ३६ जना घर फर्किएका छन् । शनिवार २ हजार ८ सय ४६ जना कोरोनासँगको लडाईं जितेर घर फर्किएका थिए । योसँगै संक्रमित निको भएर घर फर्किनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ ।

आजको सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । केही सातायता संक्रमितको संख्या उल्लेख्य बृद्धि हुँदा निको हुने दर निकै कम रहेको थियो । आइतबार कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । हालसम्म ८ सय ४७ जनाको मृत्यु भएको छ ।