काठमाडौं, कात्तिक १२ । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण घटेको छ । दसैँका कारण पिसिआर परीक्षण नभएपछि कोरोना संक्रमितको संख्या घटेको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा १ सय १८ जनासहित काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जनाले कोरोनासँगको लडाईं जितेका छन । यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्