जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १६:४४

२४ घण्टामा ३ हजार ३८ जनाले जिते कोरोना, डिष्चार्ज हुनेको संख्या १ लाख २५ हजार पुग्यो


काठमाडौं, कात्तिक १३

गएको २४ घण्टामा देशभर ३०३८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो निको हुनेको दर ७५.८ प्रतिशत हो । आज देशभर ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । त्यस्तै आज काठमाडौं उपत्यकामा मात्रै १६१५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा १७ जनाको मृत्यु भएको छ ।

संक्रमितहरु होम आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ८९८ रहेको छ । त्यस्तै आइसियुमा ३०४ जना रहेका छन् भने भेन्टीलेटरमा ७६ जना रहेका छन् । नेपालमा हालसम्म १४ लाख १९ हजार ६४ जनाको पीसिआर परीक्षण गरिएको छ । आज सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ ।