जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १७:०८

फ्रान्समा ‘आतंककारी चक्कु आक्रमण’ ३ जनाको मृत्यु


पेरिस, कात्तिक १३

फ्रान्सको नाइस सहरमा भएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको फ्रेन्च प्रहरीले बताएका छन । नाइसका मेयर क्रिस्टियन इस्टरोसीले सहरको मुख्य क्षेत्र नोट्रे–डामे बसिलिकाको घटनाको सबै कुराले ‘आतंककारी आक्रमण’ भएको संकेत गरेको बताएका छन् । उक्त आक्रमणमा एक महिलाको टाउको काटिएको प्रहरीले जानकारी दिएको छ । मेयर इस्टरोसीले यस घटनालाई ‘इस्लामोफासिज्‌म’ को संज्ञा दिएका छन् ।

उक्त घटना संलग्‍न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको छ । फ्रान्सको आतंकवादविरोधी अधिकारीहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन् । आक्रमणकारीको संलग्‍न भएको आशंकामा नियन्त्रणमा लिने क्रममा ती व्यक्तिले निरन्तर ‘अल्लाह अकबर’ भन्दै चिच्याइरहेको मेयरले पत्रकारसँग बताएका छन् । आन्तरिक मामिला मन्त्री जेराल्ड डारमानिन्‌ले तत्लका आपतकालीन बैठक बोलाउने बताएका छन् ।

प्रधानमन्त्री जिन कासटेक्सले राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका छन् । बिहीबार मध्यरातिदेखि लागु हुने लकडाउनका विषयमा जानकारी दिन राष्ट्रिय सभामा उपस्थित प्रधानमन्त्रीले एक मिनेट मौन धारण गरेका हुन् । उहाँले भन्नुभयो,‘बिना प्रश्‍न यो हाम्रो मुलुकका लागि निकै गम्भीर र नयाँ चुनौती हो । यसले मुलुकलाई नै तरंगित बनाउको छ । अब एकता र स्थिरताका साथ यसको सामना गर्न अपिल गर्दछु ।’ बीबीसी