जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १९:१६

काठमाडौंका सिडिओ दाहाल दम्पत्तिलाई कोरोना संक्रमण


काठमाडौं, कात्तिक १३

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई विहिवार कोरोना संक्रमण भएको छ । कोरोनाका केही लक्षण देखिएपछि गरिएको स्वाब परीक्षणमा आज कोरोना पोजेटिभ आएको हो ।

टाउको दुखेपछि उहाले पिसीआर परीक्षणका लागि स्वाब दिनु भएको थियो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको जानकारी दिनुभयो । दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिनु भएको छ । उहालाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन ।