काठमाडौं, कात्तिक १४
कोभिड–१९ को शुक्रबारसम्म नेपालको तथ्यांक हेर्ने हो भने कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । १४ लाख ३४ हजार ५३ वटा पिसिआर परीक्षण गर्दा यो संख्यामा संक्रमित भेटिएका हुन् । अर्थात ११.७३ प्रतिशत संक्रमित भेटिएका छन् ।
कुल संक्रमितलाई सय प्रतिशत मान्ने हो भने अझै नेपालमा २२ दशमलव ८ प्रतिशतमा कोरोना संक्रमण सक्रिय छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । १ लाख २८ हजार ९५८ जना भने संक्रमणलाई परास्त गर्न सफल भएका छन् । शुक्रबार मात्रै नेपालमा कोभिडका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ९२० पुगेको छ । यो कुल संक्रमितमध्ये ० दशमलव ६ प्रतिशत हो ।
सक्रिय संक्रमित दर सार्क देशमा सबैभन्दा धेरै हुनेमा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा बढि श्रीलंकामा ५५ दशमलव ५ प्रतिशत सक्रिय रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्