जनता टाइम्स

१४ कार्तिक २०७७, शुक्रबार १६:३२

काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित


काठमाडौं, कात्तिक १४ । काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय ४९ जनासहित १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये १ लाख २८ हजार ९ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ ।