जनता टाइम्स

१४ कार्तिक २०७७, शुक्रबार १८:०३

चीनको चमत्कार : पाँच तले पक्की भवन सर्लक्क उचालेर सारियो (भिडियोसहित)


सांघाई (एजेन्सी) । चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई चकित पारेका छन । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरमा रहेको एक बिद्यालयको ५ तले भवनलाई इन्जिनियरको एक टोलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन ।

उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ७ हजार ६ सय टन वजनको भवनलाई प्रविधिको सहयोगमा उठाई १९८ रोबोटका खुट्टाका मद्दतले सुरक्षित रूपमा अर्काे ठाउँमा सारेका हुन । नजिकै नयाँ आयोजना सुरु गरिएकाले त्यस भवनलाई केही टाढा लगिएको स्थानीय प्रशासनले जनाएको छ ।

चीनको सरकारी सञ्चारमध्यम सीसीटीभी न्युज नेटवर्कका अनुसार भवन सार्ने काम १८ दिनमा यही अक्टोबर १५ तारिख पूरा भएको हो । भवन सारिएको भिडियो चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको छ ।

हेर्नाेस भिडियो