जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार १३:०१

चितवन मेडिकल कलेजमा नवलपुरकी कोरोना संक्रमित महिलाको मृत्यु


चितवन, कात्तिक १५

चितवन मेडिकल कलेजमा आज नवलपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिला हुनुहुन्छ । अस्पतालका अनुसार ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भएर कात्तिक १२ गते अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँको १३ गते स्वाब परीक्षण गरिएकामा सोही दिनै कोरोना पोजेटिभ पुष्टि भएको थियो । मिर्गौलाको दीर्घरोगी (क्रोनिक किड्नी डिजिज) समेत रहनुभएको उहाँको आज विहान मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिनुभयो ।