जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार १३:११

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु, झापामा मृत्यु हुनेको संख्या ३५ पुग्यो


दमक, कात्तिक १५

कोरोना सङ्क्रमणबाट झापा गौरीगन्ज गाउँपालिका ६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो ।

गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताउनुभयो ।  मृतक मुटुरोगी थिए । गौरीगन्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो । यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।