जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार १६:२०

शनिबार काठमाडौं उपत्यकामा १३५७ जनामा कोरोना पुष्टि


काठमाडौं, कात्तिक १५

शनिबार काठमाडौं उपत्यकामा १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५६९ महिला र ७८८ पुरुष गरी १३५७ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौं जिल्लामा १० हजार ५०१ जना होम आइसोलेशनमा रहेका छन् भने भक्तपुरमा १७१९ जना रहेका छन् । त्यस्तै ललितपुरमा होम आइसोलेशन बस्नेको संख्या २२५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइडमा उल्लेख गरिएको छ ।

हालसम्म काठमाडौंमा २१९, भक्तपुरमा ६६ तथा ललितपुरमा ६० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । देशभर होम आइसोलेशनमा बस्नेको संख्या ३१ हजार ८ रहेको छ । आईसियुमा २९६ र भेन्टीलेटरमा ६९ जना रहेका छन् । आज कोरोना भाइरसलाई जितेर घर फर्किनेहरु २२६४ जना रहेका छन् । गत २४ घण्टामा ९ हजार २७९ जनाको आरटी पीसिआर परीक्षणमा ९७६ महिला र १५३२ पुरुष गरी २५०८ जनामा संक्रमण भएको हो ।