जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १४:३९

प्रधानमन्त्री मोदीद्धारा मन्त्रीहरुको कार्यविभाजन, एस जयशंकर बने विदेशमन्त्री


काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूको कार्यविभाजन तोकेका छन्। दोस्रो कार्यकालका लागि बिहीबार सपथ लिएका उनले त्यसको भोलीपल्ट नै मन्त्रीहरुको कार्यविभाजना गरेका हुन् । मोदीको नयाँ मन्त्रिपरिषदमा पहिलो पटक महिलालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। निर्मला सीतारमणले संघीय अर्थ मन्त्रालय सम्हाल्ने हुनु भएको छ ।

मोदीको अघिल्लो कार्यकालमा अरूण जेट्ली अर्थमन्त्री रहनु भएको थियो । उहाले यसअघि नै आफु मन्त्री नबन्ने घोषणा गरिसक्नु भएको थियो । यस्तै, भाजपा अध्यक्षसमेत रहेका अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि ग‌ृह सम्हालेका नेता राजनाथ सिंह रक्षा मन्त्री बनेका छन्।

विदेश मन्त्रालयको जिम्मेवारी पूर्वविदेश सचिव एस जयशंकरले पाएका छन् । चार वर्षअघि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जयशंकर विदेश सचिव थिए । २०७२ असोजमा नेपालमा संविधान जारी हुनुभन्दा पहिला उनी प्रधानमन्त्री मोदीका विशेष दूत बनेर काठमाडौं आएका थिए र संविधान घोषणा केही दिन सार्न भनेका थिए। भारतको आग्रहअनुसार संविधान सार्ने मिति नसरेपछि संविधान लागू भएलगत्तै भारतले नाकावन्दी लगाएको थियो।उत्तरप्रदेशको अमेठीमा कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएकी स्मृति इरानी महिला मन्त्री बनेकी छन्।

कसलाई कुन मन्त्रालय ?
निर्मला सीतारमण : वित्त मन्त्री
हर्षवर्धन : स्वास्थ्य मन्त्री विज्ञान एवम् प्रविधि मन्त्री,
पृथ्वी : विज्ञान मन्त्री
नितिन गडकरी : सडक परिवहन मन्त्री
स्मृति ईरानी : महिला एवम् बाल विकास मन्त्री
एस जयशंकर : विदेश मन्त्रालय
पियुष गोयल : रेल मन्त्रालय एव वाणिज्य मन्त्रालय
धर्मेन्द्र प्रधान : पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्री
राजनाथ सिंह : रक्षा मन्त्री
रविशंकर प्रसाद : कानुन मन्त्री
नरेन्द्र सिंह तोमर : कृषि मन्त्री
डी सदानन्द गौडा :रसायन एवम् उर्वरक मन्त्रालय
मुख्तार अब्बास नकवी : अल्पसंख्यक मामिला मन्त्री
महेन्द्र नाथ पान्डेय : कौशल विकास मन्त्रालय
रामविलास पासवान : खाद्य एवम् आपूर्ति मन्त्री
हरसिमरत कौर बादल : खाद्य प्रसंस्करण उद्योग मन्त्री
थावर चन्द गहलोत : सामाजिक न्याय र अधिकारिता मन्त्री
अर्जुन मुन्डा : जनजातीय मामिला मन्त्री
प्रकाश जावडेकर : सूचना एव प्रसारण मन्त्री,
पर्यावरण मन्त्री प्रलहाद जोशी : संसदीय मामिला मन्त्री, कोइला मन्त्री एवम् उत्खनन मन्त्री