काठमाडौं, कात्तिक १६
प्रिमियर लिग फुटबलअन्तर्गत आज चार खेल हुँदै छन् । आज हुने खेलमा उपाधि दाबेदार टोली म्यानचेस्टर युनाइटेडले आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ । युनाइटेडको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०स्१५ मा सुरु हुनेछ । आजको खेलमा आर्सनल जित निकाल्दै छैटौं स्थानमा उक्लने योजनमा छ ।
लिगमा ६ खेल खेलेको आर्सनल ९ अंकसाथ तालिकाको १२औं स्थानमा छ । आजको खेलमा जित निकाल्दै आर्सनललाई अंक तालिकामा आफूलाई बलियो बनाउने मौका छ । यता युनाइटेड पनि आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजना बनाएको छ ।
लिगमा ५ खेल खेलेको युनाइटेड ७ अंक साथ १५औं स्थानमा छ । आजै हुने अर्को खेलमा टोटेनहमले ब्राइजटनसँग प्रतिस्पर्धा गर्नेछ । टोटेनहमको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । अर्को खेलमा न्युक्यासलले एभर्टनसँग प्रतिस्पर्धा गर्दा एस्टोन भिल्लाले साउथ ह्याप्टनलाई आतिथ्यता प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्