काठमाडौं, कात्तिक १६
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार कास्कीको पोखरा महानगरपालिका-१७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा आज विहान मृत्यु भएको हो ।
कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको उहाँले बताउनुभयो । डा. आचार्यका अनुसार उहाँ निमोनिया, मधुमेहको बिरामी हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्