विराटनगर, कात्तिक १७
पछिल्लो २४ घण्टामा विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्ध छन् ।
उहाँलाई गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पतालमा भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका-२ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि उहाँलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।













प्रतिक्रिया दिनुहोस्