बाग्लुङ, कात्तिक १८
बाग्लुङ नगरपालिका–३ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धौलागिरि अस्पताल बाग्लुङमा उपचारका क्रममा आज बिहान उहाँको मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटन्डेन्ट डा . शैलेन्द्र विकले जानकारी दिनुभयो ।
उहाँ श्वासप्रश्वासमा समस्या भई अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो । उहाँलाई आइसियुमा भेन्टिलेटरबाट उपचार गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्