जनता टाइम्स

१८ कार्तिक २०७७, मंगलवार १७:४४

लिपुलेकसहितको नक्साबारे आयो दमदार गिती एल्वम, प्रधानमन्त्री ओलीद्वारा बिमोचन


काठमाडौं । जनसाँस्कृतिक महासंघका पूर्वमहासचिव प्रेमनाथ अधिकारीले गीति एल्वम ‘फर्किन मेरी आमा’ बिमोचन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सो गिती एल्वमको बिमोचन गर्नुभएको हो ।

सो क्रममा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले गीतको माध्यमबाट राष्ट्रलाई एक सुत्रमा बाँध्ने काम हुने बताउनुभयो । ‘गीत, कविता, भजन, किर्तन वीरगाथा जे जति समाजमा चलिआएका छन, ती सवै हाम्रो परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सुत्रमा वाँध्ने काम भएका थिए । जनतालाई जागरुक र सचेत गराउन गीत अत्यन्त ठुलो योगदान पुर्याएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले सँधै सत्यको पक्षमा लाग्न पनि आग्रह गर्नुभयो ।

‘सँधै सत्यका पछि लाग्नुपर्छ । एक्लै भए पनि सत्यका पछि लाग्नुपर्छ, सवै कुरा मिलेर आउने छ, त्यसैले राम्रो होस या नराम्रो होस कृति प्रकाशनमा विलम्व नगर्ने मानिस नै सफल व्यक्ति हो ।’ उहाँले गीत सत्य हो भन्दै यो क्रम गितकारी अधिकारीको निरन्तरता रहीरहने शुभकामना पनि दिनुभयो । ‘नेपालले गुमाएको भुमिको हामीले एक मतका साथ नक्सा कायम गरेर आफ्नो भुमि फिर्ता ल्याउने काम भएको छ, फर्किन मेरी आमा राष्ट्रियताले ओतप्रोत गीत प्रकाशन भएकोमा धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कालापानी–लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी भएको बिषयलाई समेटेर अधिकारीले यो गीति एल्वमको रचना गर्नुभएको हो । भारतले हडपेको नेपाली भूमी समेटेर नक्सा प्रकाशित भएको बिषयलाई गीतकार अधिकारीले आमाको रुपमा सम्बोधन गरी मार्मिक शब्द संयोजन गर्नुभएको छ । कार्यक्रममा सांसद डा. विजय सुव्वा, प्राध्यापक केशव सुवेदी तथा संगीतकार अशोक लोहरुङ राईले पनि आफ्नो धारणा राख्नुभएको थियो । सो गीति एल्वमको निर्माता कमला अधिकारील हुनुहुन्छ भने गायक रसंकलक तथा रचनाकार प्रेमनाथ अधिकारी, संगीत संयोजक अशोक लोहरुङ राई रहनुभएको छ ।