जनता टाइम्स

१८ कार्तिक २०७७, मंगलवार १७:५५

२४ घण्टामा थपिए ३१ सय १४ जना कोरोना संक्रमित


काठमाडौं, कात्तिक १८ । पछिल्लो २४ घन्टामा मुलुकभर ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ६६ जनाको आरटीपिसिआर परीक्षण गर्दा ३१ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४ सय ८६ जना रहेका छन । यस्तै पछिल्लो २४ घन्टामा ३ हजार १ सय ४२ जना संक्रमितले कोरोनासँगको लडाई जितेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार १ सय १४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २० जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ४ पुगेको मन्त्रालयको भनाई छ ।