जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १४:०८

विराटनगरको नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु, एक भुटानी शरणार्थी


विराटनगर, कात्तिक १९

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार आज बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार दमको पुरानै समस्या रहेकी इलामको वृद्धा श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार भर्ना हुनुभएको थियो भने उहाँको हिजो नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी झापाका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको उहाँले सुनाउनुभयो । उहाँ बेलडाँगी शिविरमा बस्दै आउनुभएका भुटानी शरणार्थी हो । दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो ।