जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १४:२२

चितवनको भरतपुर अस्पतालमा ३१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु


चितवन, कात्तिक १९

कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका–१० को ३९ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना हुनुभएको उहाँलाई १७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उहाँको आज मृत्यु भएको हो । स्वास्थ्यमा थप समस्या हुँदै गएपछि १७ गते नै कोभिड आईसीयू कक्षमा राखी उपचार हुँदै आएको थियो ।