काठमाडौं, कात्तिक १९
वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजिनामा दिएका छन् । अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै चासो नदिएको भन्दै सामुहिक राजिनामा दिएको उनीहरुले बताएका छन् । उनीहरुले अस्पतालका निर्देशकलाई बुझाएको राजिनामा पत्रमा, महामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँ तिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’
धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले डाक्टरहरुको मागका विषयमा छलफल चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘राजिनामा दिनुभएका सबै डाक्टरहरुसँग बसेर निकास निकाल्न खोज्दै छौ ।’














प्रतिक्रिया दिनुहोस्