जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १६:३३

काठमाडौं उपत्यकामा १८७८ सहित थप ३३०९ जनामा कोरोना पुष्टि


काठमाडौं, कात्तिक १९

पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।