जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १६:४५

२४ घण्टामा ३८ सय ४४ जनाले जिते कोरोना, ३० संक्रमितको मृत्यु


काठमाडौं, कात्तिक १८

देशभर ३८४४ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ३ हजार ८४४ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किनुभएको जाननकारी दिनुभयो । यससँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

यस्तै, २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८७८ जनालाई कोरोना संक्रमण भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १ हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनालाई कोरोना पुष्टि भएको हो । यस्तै एकैदिन ३० संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार ३४ पुगेको छ ।