काठमाडौं, कात्तिक २०
अमेरिकामा ८ लाख ५० हजारभन्दा बढी बालबालिकालाई कोरोना संक्रमण भएको छ । अमेरिकामा कोरोना महामारी सुरु भएयता ८ लाख ५३ हजार ६३५ जनालाई कोरोना पुष्टि भएको अमेरिकाको बाल प्रतिष्ठान र बाल अस्पताल संघले संयुक्त तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत एक हप्तामा मात्रै ६१ हजार ४४७ बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ । जबकी अक्टुबर महिनामा मात्रै अमेरिकामा २ लाख नयाँ बालबालिकालाई कोरोना पुष्टि भएको छ । अमेरिकाको कुल संक्रमितमध्ये ११ दशमलव १ प्रतिशत हिस्सा बालबालिकाको रहेको प्रतिवेदनले देखाएको छ । यो भनेको प्रति १ लाख बालबालिकामध्ये १ हजार १३४ बालबालिका कोरोनाको शिकारमा परेका छन् ।
संक्रमित बालबालिकामध्ये १ देखि ३ दशमलव ५ प्रतिशत बालबालिका अस्पतालमा भर्ना छन् । बालबालिकाका मृत्युदर भने शुन्य दशमलव २ प्रतिशत रहेको यद्यपी लामो समयसम्म शारिरीक र मानसिक समस्या देखिएको प्रतिवेदनमा भनिएको छ । अमेरिकामा हालसम्म ९६ लाखभन्दा बढी मानिसलाई कोरोना पुष्टि भएको छ । जसमा ६२ लाख ३७ हजार २७१ जना निको भएका छन् भने २ लाख ३८ हजार ६५६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्