धरान, कात्तिक २०
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका ५९ वर्षीय पुरुष, राजविराज–१, सप्तरीका २३ वर्षीया महिला र राजविराज–८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
मोरङका पुरुषको आज बिहान मृत्यु भएको हो । उहाँलाई यही कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। उहाँमा सोही दिन कोरोना पुष्टि भएको थियो। यसैगरी राजविराजकी २३ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको छ । कात्तिक १८ गते कोरोना पुष्टि भएको उहाँलाई १९ गते अस्पताल भर्ना गरिएको थियो।
यस्तै राजविराजका पुरुषको मृत्यु आज बिहान ८ बजे भएको अस्पतालले जनाएको छ। यही कात्तिक १५ गते अस्पताल भर्ना भएको उनको सोही दिन कोरोना पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्