जनता टाइम्स

२१ कार्तिक २०७७, शुक्रबार १६:१२

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु


धरान, कात्तिक २१

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार कटारी, उदयपुरका १४ वर्षीय किशोर र धरान उपमहानगरपालिका–१२, सुनसरीको ७८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

१२ कात्तिकमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् भने २० गते भर्ना हुनुभएको धरानको महिलाको सोही दिन राति मृत्यु भएको हो ।