काठमाडौं, कात्तिक २३
पछिल्लो २४ घण्टामा देशभर २८१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १२ हजार ३११ पीसीआर परीक्षण भएकोमा २ हजार ८१७ जनालाई कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ रहेको छ । यस्तै, २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । गौतमका अनुसार काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनालाई संक्रमण देखिएको हो ।
२४ घण्टामा २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यस्तै २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १०८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्