काठमाडौं, कात्तिक २४
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ७ लाख ४० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वको कोरोना संक्रमण (कोभिड–१९) को तथ्यांक सार्वजनिक गरिरहेको वल्र्डमिटर्सले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ७ लाख ४० हजार ५५८ जना संक्रमित भएको तथ्यांक रहेको छ । त्यसैगरी विश्वभर १२ लाख ६२ हजार १६८ जनाको मृत्यु भएको छ भने ३ करोड ५७ लाख ९६ हजार ९१४ जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा संक्रमितको संख्या १ करोड २ लाख ८८ हजार ४८० पुगेको छ । त्यस्तै भारतमा ८५ लाख ५३ हजार ८६४, ब्राजिलमा ५६ लाख ६४ हजार ११५ र रुसमा १७ लाख ७४ हजार ३३४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।त्यस्तै पछिल्लो तथ्यांक अनुसार १२ लाख ६२ हजार १६८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ४३ हजार ७६८, ब्राजिलमा १ लाख ६२ हजार ३ सय ९७, मेक्सीकोमा ९५ हजार २७, बेलायतमा ४९ हजार ४४, इटालीमा ४१ हजार ३९४ जनाको मृत्यु भएको छ । विश्वभर ३ करोड ५७ लाख ९६ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । तथ्यांक अनुसार ब्राजिलमा ५ लाख ६४ हजार ३४४, अमेरिकामा ६४ लाख ८३ हजार ४२०, रुसमा १३ लाख २४ हजार ४१९ जना संक्रमणमुक्त भएका छन्। नेपालमा पनि एक लाख ९४ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये एक लाख ५७ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् भने १ हजार १०८ को मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार ७ सय ५४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या भारतमा १२ लाख ६६ हजार ५३ पुगेको छ। भारतमा हालसम्म ७९ लाख १७ हजार ३७३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। पाकिस्तानमा हालसम्म ३ लाख ४४ हजार ८३९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा हालसम्म ३ लाख १८ हजार ८८१ जना उपचारपछि निको भएका छन्। बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख २० हजार २३८ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ६७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ३८ हजार १ सय ४५ छ। अफ्गानिस्तानमा संक्रमितको संख्या ४२ हजार ९२ पुगेको छ। अफगानिस्तानमा १ हजार ५५८ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ४५८ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ९ सय ८६ जना रहेको छ। मृत्यु हुनेको संख्या ३९ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ९२ पुगेको छ । श्रीलंकामा संक्रमितको संख्या १३ हजार ९ सय २९ जना रहेको छ । संक्रमणपछि मृत्यु हुनेको संख्या ३५ छ भने निको हुनेको संख्या ८ हजार २ सय ८५ रहेको छ। भुटानमा संक्रमितको संख्या ३५९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३३८ छ।
प्रतिक्रिया दिनुहोस्