जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार १३:५१

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा ४५ वर्षीय पुरुषको मृत्यु


बुटवल, कात्तिक २४

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उहाँको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गर्नुभयो । मृतक मिर्गौला र कलेजोका दीर्घरोगी समेत रहनुभएको थियो ।