जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार १६:३२

कोरोनाका कारण पोखराका चार जनाको गयो ज्यान


कास्की, कात्तिक २४

कास्कीको पोखरा महानगरपालिकामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पतालमा एकरएकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँका अनुसार पोखरा महानगरपालिका–११ का ६० वर्षीय पुरूषको आज विहान र पोखरा महानगरपालिका–१७ की ७४ वर्षीया वृद्धाको हिजो साँझ गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ६० वर्षीय वृद्धमा १६ कात्तिकमा र ७४ वर्षीया वृद्धामा भने कात्तिक २३ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका–१० का ८६ वर्षीय वृद्धको फिस्टेल अस्पताल पोखरामा हिजो राति मृत्यु भएको डा. शर्माले बताउनुभयो । वृद्धमा १९ कात्तिकमा संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरा महानगरपालिकाकै ८२ वर्षीया वृद्धाको मणिपाल शिक्षण अस्पताल पोखरामा हिजो साँझ नै मृत्यु भएको हो । वृद्धामा २२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।