काठमाडौं, जेठ १८
त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । तीन वर्षको अथक प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न त्रिबि शिक्षण अस्पतालका चिकित्सकहरु सफल भएका छन् ।
प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो । ती बिरामीलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन ।
डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जादा सकिएको थियो । नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा निरव गौरको टिम आएको थियो ।
त्रिबि शिक्षण अस्पतालकोयो सफलतासँगै नेपाली बिरामीहरुलाई आर्थिक र मानसिक भारत निकै कम हुनेछ । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकहरुले जानकारी दिएका छन । त्रिबि शिक्षण अस्पतालले वर्षमा १२ वटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्