काठमाडौं, कात्तिक २५
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७३६ जनालाई कोरोना पुष्टि भएको हो । हाल आइसोलेसनमा ३८ हजार ३५ संक्रमित छन् भने १ हजार ५८ जना क्वारेन्टिनमा छन् ।
नेपालमा संक्रमितको संख्या १ लाख ९९ हजार ७६० सय पुगेको छ । जसमध्ये १ लाख ६० हजार ५७७ जना निको भएका छन् । यसैबीच २४ घण्टामा ८५३ जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्