चितवन, कात्तिक २६
अस्पतालबाट फर्केर घर गएका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, चितवनका अधिकृत गीताञ्जली ढकालका अनुसार रत्ननगर नगरपालिका १२, जिरौनाका ६८ वर्षीय वद्धको मृत्यु भएको हो । मिर्गौला र रक्तचापको बिरामी भई पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) मा कात्तिक १४ भर्ना भएका थिए ।
१५ गते कोरोना पुष्टि भएका उहाँको उपचार हुँदै आएकामा स्वास्थ्य सुधार नआएपछि घर फिर्ता लगिएको थियो । उहाँको बुधबार राति ९ बजे घरमै मृत्यु भएको स्वास्थ्य अधिकृत ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्