काठमाडौं, कात्तिक २६ । पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन । आज थपिएका संख्यासँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप २५ सय ६९ जना थपिएसँगै संक्रमितको संख्या दुई लाख २ हजार ३ सय २९ पुगेको हो । गौतमका अनुसार कुल संक्रमितमध्ये १ लाख ६२ हजार २ सय ४३ जनाले कोरोना जितेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन भने २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ । गौतमका अनुसार हाल संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना र होम आइसोलेसनमा २८ हजार ३९३ जना रहेका छन । क्वारेन्टाइनमा १ हजार १०९ छन । जसमध्ये ३८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रवक्ता गौतमका अनुसार २४ घण्टामा १० हजार ८१ पीसीआर नमूना परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्