जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १६:२१

एचआइभी संक्रमित ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


रुपन्देही, कात्तिक २७

रुपन्देहीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। एचआइभी पोजिटिभ रहेका ती पुरुषको उपचारको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका अनुसार ४७ वर्षीय ती पुरुषलाई कात्तिक २० गते कोरोना पोजिटिभ देखिएको थियो। उहाँलाई उपचारका लागि २१ गते अस्पताल लगिएको थियो। ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएका ती पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।