जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार ०९:१०

नेकपा सचिवालय बैठक आज बस्दै, यस्तो छ गृहकार्य


काठमाडौं, २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको नेकपाले जनाएको छ ।

महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो । नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखितरुपमै आग्रह गर्नुभएको थियो।

अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरु बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा रहनुभएको थियो ।