काठमाडौं, कात्तिक २८
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । यसैगरी गत २४ घण्टामा ३ हजार ५३७ संक्रमित कोरोनामुक्त भएका छन् ।
यससँगै कोरोनालाई पराजित गर्नेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यस्तै गत २४ घण्टामा १३ कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार २२ रहेको छ। त्यस्तै ९८६ जना क्वारेन्टिनमा छन् ।













प्रतिक्रिया दिनुहोस्