काठमाडौं, कात्तिक २८
पटक पटक अनसन बसेका डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको हो । बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उहाले कोरोना परीक्षण गराएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।
डा. केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ । ‘उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ’, सुवेदीले भन्नुभयो । उहाको महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्