जनता टाइम्स

२९ कार्तिक २०७७, शनिबार ११:०७

प्रधानमन्त्रीको पत्रले खोलिदिएको प्रचण्डको बदमासी


काठमाडौं, कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गम्भिर बदमासिको खुलासा गर्नुभएको छ ।

नेकपाको सचिवालयको बैठक राख्न सहमति खोज्दै कात्तिक २२ गते अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले अध्यक्ष ओलीलाई लिखित पत्र बुझाए पछि उहाले पार्टी एकता पछि अध्यक्ष प्रचण्डले गरेका गम्भिर बदमासीको खुलासा गर्नुभएको हो ।

उहाले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल र सल्लाह नभएको पाँच नेताको आरोपको खण्डन गनुभएको छ ।
आफू र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनका तीन विकल्प (पहिलो, सबैलाई राजीनामा गराएर केही पुरानासहित नयाँ नियुक्ति, दोस्रो, एक अवधि पुरा गरेकालाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने र तेस्रो, खाली रहेका मन्त्रालयमा नियुक्त गरेर दसैं÷तिहारपछि विस्तारित रुपमा पुनगर्ठन) मा छलफल भएको प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीका अनुसार प्रचण्डले पहिलो विकल्पमा जोड दिएका थिए । तर, आफूले सचिवालयमा रहेका ईश्वर पोखरेल र रामबहादुर थापालाई नचलाऔं भन्दा प्रचण्डले असहमति जनाएको उहाले उल्लेख गर्नुभएको छ ।

दोस्रो विकल्पमा केही सम्भावित नाममा प्रचण्डको आपत्ति आएको र त्यो आफूलाई उपयुक्त नलागेको भन्दै ओलीले तेस्रो विकल्पमा प्रचण्ड सहमत भएको दाबी गर्नुभएको छ । त्यसै अनुसार आफूले तीन मन्त्री नियुक्त गर्ने तयारी गरेका बेला प्रचण्डले बचन फेर्दै अर्थमन्त्री मात्र नियुक्त गर्नुस् भनेकाले आफूले नरोकेको उहाले बताउनुभएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने प्रचण्डकै प्रस्ताव भएको ओलीको दाबी छ ।

मुख्यसचिव नियुक्तिमा सल्लाह गरेको, निवर्तमान मुख्यसचिवलाई प्रचण्डकै सहमतिमा राजदूत प्रस्ताव गरेको ओलीले पत्रमा उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आफ्नो नजिकका नातेदार तथा आफ्न्तहरुलाई मात्र मन्त्री तथा राजदुतमा सिफारीसमा मनोमानी गर्न नपाएपछि विभिन्न बहान बनाउदै बोलि फेर्दै हिडेको पत्रमा उल्लेख गरिएको छ ।

दक्षिण अफ्रिकाका लागि राजदूत भने समावेशीतालाई ध्यान दिएर सिफारिस गरेको बताउँदै ओलीले भनेका छन्, ‘पार्टी निर्देशनअनुसार अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेर सरकार सञ्चालन गर्दै आएको छु ।’ आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा अध्यक्ष ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो छाडेर हरबखत नेतृत्व परिर्वतनको चलखेल किन भनेर प्रश्न गर्नुभएको छ ।