काठमाडौंं, कात्तिक २९
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. गोविन्द केसीको कोरोना संक्रमणको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने जानकारी दिनुभएको छ । कोरोना संक्रमित डा. गोविन्द केसीको सबै उपचार खर्च सरकारले ब्यहोर्ने भएको हो । प्रधानमन्त्री ओलीले डाक्टर केसीको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।
यता सरकारले डा. केसीको सबै उपचार खर्च व्यहोर्ने बताए पनि डा. केसीका तर्फबाट उपचार खर्च नलिने बताइएको छ । डा. केसीले सामान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराउनुभएको थियो । उहाँको शुक्रवार कोरोनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । डा. केसीको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भइरहेको छ । सरकारले यसअघि लक्षण देखिएका सबैको उपचार निःशुल्क गराउने स्पष्ट पारिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्