जनता टाइम्स

२९ कार्तिक २०७७, शनिबार १६:२९

आज देशभर १९४६ जनामा संक्रमण, २५०३ लाई स्वास्थ्यलाभ, थप १३ संक्रमितको मृत्यु


काठमाडौं, कात्तिक २९

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्। आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। त्यस्तै पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २१५ पुगेको छ।