धरान, कात्तिक २९
धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १९ वर्षीया सङ्क्रमित किशोरीको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी हुनुभएको उहाँलाई शुक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रबारै उहाँको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
प्रतिक्रिया दिनुहोस्