काठमाडौं, कात्तिक ३०
पछिल्लो २४ घण्टामा १४७७ कोरोना संक्रमित थपिएका छन् । ६ ४७६ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ छ । पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्