जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार ११:५५

भाइटीकाकै दिन संघीय राजधानी काठमाडौंमै बालिका बलात्कृत, समातीय बलात्कारी


काठमाडौं, मंसिर २

काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिका बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटना भएको केही समयमै युवकलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई सोही ठाउँ बस्ने युवक रहेका छन् ।

प्रहरीका अनुसार ति युवकले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित टहरा घरमा जबरजस्ती करणी गरेका थिए । छिमेकीले थाहा पाएर खवर गरेपछि प्रहरी पुगेको थियो ।