जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १३:०२

काठमाडौं उपत्यकामा १ लाख नजिक संक्रमित, कोरोनाबाट ४६३ जनाको गयो ज्यान


काठमाडौं, मंसिर २

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा कुल कोरोना संक्रमितको संख्या ९७ हजार १५९ पुगेको हो । उपत्यकामै हाल कोरोनाका संक्रिय संक्रमित १७ हजार ६७१ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना निको हुनेको संख्या ७९ हजार २५ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या उपत्यकामा ४६३ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी, काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ७८ हजार ६५० जना पुगेका छन् ।

जसमा निको हुनेको संख्या ६४ हजार ७० जना छन् । सक्रिय संक्रमित १४ हजार २७९ जना छन् । जसमध्ये ११ हजार ३२८ कोरोना संक्रमित होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । काठमाडौं मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१ पुगेको छ । यसैगरी, भक्तपुरमा कोरोना संक्रमितको संख्या सात हजार १३० पुगेको छ । जसमा निको हुनेको संख्या पाँच हजार ८६६ छ । सक्रिय संक्रमितको संख्या एक हजार १८८ छ । सक्रिय संक्रमितमध्ये एक हजार २८ जना होम आइसोलेसनमा छन् । कोरोनाबाट भक्तपुरमा मात्रै ७६ जनाको मृत्यु भएको छ ।

ललितपुरमा कोरोना संक्रमितको संख्या ११ हजार ३७९ जना पुगेको छ । जसमा निको हुनेको संख्या नौ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित भने दुई हजार २०४ जना छन् । जसमध्ये एक हजार ९५९ जना होम आइसोलेसनमा छन् । ललितपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ छ । कोरोना निको हुनेको संख्या एक लाख ७६ हजार ३६४ छ । भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार २३० पुगेको छ ।